आइपिएल: राजस्थान पराजित भएपछी कोलकाता प्लेअफ जाने - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

आइपिएल: राजस्थान पराजित भएपछी कोलकाता प्लेअफ जाने



काठमाडौं – आइपिएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ। जितसँगै समूह चरणको अन्तिम खेलअघि कोलकता प्लेअफ नजिक पुगेको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको कोलकाताले १३ खेलबाट १४ अंक जोडेको छ। समान खेलबाट १२ अंक जोडेको राजस्थान चौथो स्थानमा छ।

मंगलबार राजस्थानले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले ४ विकेट गुमाएर १२ बल खेल्न बाँकी छदा पार गर्यो। कोलकताका लागि कप्तान दिनेश कार्तिकले नटआउट ४१ र आन्द्रे रशेलले नटआउट ११ रन जोडे। त्यसअघि क्रिस लियोनले ४५ र सुनील नारिनले २१ रन बटुलेका थिए।

पहिले ब्याटिङ गरेको राजस्थान १९ ओभरमा १ सय ४२ रनमा अलआउट भयो। राजस्थानका लागि जोस बटलरले ३९, राहुल त्रिपाठीले २७ र जयदेव उनाडकटले २६ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङतर्फ कोलकाताका कुलदिप यादवले ४ विकेट लिए। आन्द्रे रशेल र प्रसिद कृष्णले २-२ विकेट हात पारे।