प्रम ओलीले मैथलीमा ट्वीट गरेर के भने ? - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

प्रम ओलीले मैथलीमा ट्वीट गरेर के भने ?



काठमाडौं- प्रदेश नं २ का सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तराई मधेशको विकासलाई ध्यान दिँदै आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउन आग्रह गरेका छन्।

संघीय संसद्मामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर नीति तथा कार्यक्रम र बजेटमा दुई नम्बर प्रदेशको विकासलाई प्राथामिकता दिन आग्रह गरेका हुन्।

नीति तथा कार्यक्रम तयार भइरहको अवस्थामा सांसदहरुले आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पछि परेको दुई नम्बर प्रदेशलाई ध्यान दिन ध्यानाकर्षण गराएका हुन्।

सांसदहरुले विश्‍वविद्यालय बनाएर शिक्षा, गुणस्तरीय स्वास्थ्य, सीपमूलक कृषि र रोजगारमुलक उद्योगको विकास, राहत हुने गरी बाढी पहिरो नियन्त्रण, गुणस्तरीय सडक, स्वच्छ खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षण जस्ता विषयलाई गम्भीरता पूर्वक लिन आग्रह गरेका छन्।

भेटपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मैथली भाषामा ट्वीट गर्दै सांसदहरुले उठाएका विषय सम्बोधन गर्ने प्रतिबद्धता जाएका छन्। दुई नम्बर प्रदेशमा मैथली भाषा सबैन्दा धेरै बोलिने भाषा भएकाले उनले मैथलीमै लेखेर सांसद तथा जनताको मत जित्‍न खोजेका छन्