फोरम सरकारमा सहभागी हुन्छ :श्रेष्ठ - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

फोरम सरकारमा सहभागी हुन्छ :श्रेष्ठ



पर्सा- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताएका छन्।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने बताए। सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीसँग भने छलफल नभएको उनको भनाइ छ।

पूर्वउपप्रधानमन्त्री श्रेष्ठले मधेसका विषयमा संसद्मा दर्ता भएको संशोधन प्रस्तावका पक्षमा माओवादी केन्द्रको अडान अहिले पनि कायम रहेको प्रस्ट पारे। उनले समृद्धिकोे बाटालाई अँगाली सामाजिक न्यायसहितको नेपाल निर्माण गर्न सरकार र सबै राजनीतिक दलको मुख्य कार्यभार भएकाले यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक रहेको विचार व्यक्त गरे।

सञ्चारकर्मीको जिज्ञासामा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने क्रममा मुलुकभित्रको विषयलाई विदेशीका अगाडि राख्ने तरिका दुःखद् भएको उनले टिप्पणी गरे।रासस