प्रदेश २ का मुख्यमन्त्री राउतले भने बोलेको कुरा सच्याउदिन - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

प्रदेश २ का मुख्यमन्त्री राउतले भने बोलेको कुरा सच्याउदिन



काठमाडौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले दिएको अभिव्यक्तिबारे विभिन्न किसिमका टिकाटिप्पणी भइरहँदा मुख्यमन्त्री राउतले आफूले बोलेको कुरा नसच्याउने बताएका छन् ।

मुख्यमन्त्री राउतले आफूले अभिनन्दन कार्यक्रममा लाखौं मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायतका शोषित पीडित जनताको भावना राखेको दाबी गरेका छन् ।

उनले बन्दूकको बलमा जारी गरिएको संविधान विभेदकारी रहेको र त्यसलाई संशोधनका लागि आफूहरुको संघर्ष जारी रहेको समेत बताए ।

राउतको अभिव्यक्तिबारे संघीय संसदमा समेत कांग्रेस, एमाले र माओवादीका नेताहरुले असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउनुपर्ने मागसमेत गरेका छन् ।

राउतले आफूले मधेशको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सो अभिनन्दन कार्यक्रम यस्तो कुरा उठाएका बताए । ‘मेरो अभिव्यक्तिले अभिनन्दन कार्यक्रममा उपस्थित लाखौं मधेशी जनताको भावनाको कदर भएको छ,’ उनले भने, ‘मैले कुनै गलत कुरा बोकेको छैन ।’