आउँदो आर्थिक वर्षबाट नमुना विद्यालय छनोट गर्नेछौ : नगर प्रमुख चौधरी - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

आउँदो आर्थिक वर्षबाट नमुना विद्यालय छनोट गर्नेछौ : नगर प्रमुख चौधरी



इन्दु केसी /सुखड,कैलाली

आउँदो आर्थिक वर्षबाट नमुना विद्यालय छ्नोट गर्ने घोडाघोडि नगर प्रमुख ममता प्रसाद चौधरीले बताएका छ्न ।

सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोत शिक्षक तथा कर्मचारीको पेसागत हक हितका लागि सुखड्मा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुखले नगरपालिकाले नितिगत निर्णय गरेको बताए ।उनले भने बोर्डिङ स्कुल नियमन गर्नेछौ प्रमुख भन्छ्न, जनताको आवश्यकताका कारण विद्यालयहरू खुले,धेरै विद्यालयहरू भए व्यवस्थापन गर्न सकिएन समग्र गुणस्तरमा समस्या आयो , सबै मिलेर गुणस्तर सुधारौ ।

शिक्षकहरू भनेको धेरै जिम्मेवार व्यक्ति हो, प्रमुख भन्छ्न सबैले आ आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । गत आर्थिक वर्षमा सबै बिध्यालयलाइ हुने गरी ३ करोड बजेट उपलब्ध गरायौँ प्रमुखले भने तर शैक्षिक उपलब्धि हामीले पाएनौ, यस वर्ष देखि विद्यालयहरूलाई छ्नोट गरी मर्ज गर्छौ । सामुदायिक विद्यालयको व्यवस्थापन राम्रो बनाउने योजना रहेको उनले बताए ।

महेन्द्र मणि मिश्रको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा बोल्दै नगरपालिकाका बिध्यालय निरिक्षक उमेस राज रेग्मीले भने आधारभूत तथा माध्यामिक तहको जिम्मेवारी सरकारले स्थानीय तहको काँधमा राखेको छ , त्यो जिम्मेवारी पूरा गर्न हामी लागेका छौ उनी भन्छ्न शिक्षा समितिलाई पूर्णता दिन बाकी छ यसलाई पूर्णता दिई हामी अगाडि बढ्नेछौ ।

नेपाल सरकारले ५ वर्ष आगाडी नै स्कुल मर्ज गर्ने नीति ल्याएको हो उनले भने तर यो कार्यान्वयनमा ल्याइएको थिएन । विद्यार्थी सङ्ख्या भौगोलिक , शिक्षकको उपस्तिथि , र त्यो बिध्यालयको भौतिक व्यवस्था यी ४ ओटा आधार हेरेर बिध्यालय मर्ज गर्ने बताउँदै उनले शिक्षकलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने तर्फ पनि हामीले सोचेका छौ ।

कार्यक्रममा बोल्दै चौड्याल आधारभूत बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मर बिस्टले समयमा तलब उपलब्ध गराउन नसक्दा शिक्षकले दिनु पर्ने शिक्षामा उत्साह नदिँदा शैशिक गुणस्तर कम भएको बताए । उनले निजी श्रोतका शिक्षकलाई नयाँ दरबन्दी दिन अनुरोध गरे ।

कार्यक्रममा बोल्दै मेलघट्टी नि मा बि जनकपुरका प्र अ खगेन्द्र सुवेदीले भने निजी श्रोतका शिक्षकको पीडा राज्यले ल्याएको हो यसको समाधान राज्यले गर्नुपर्छ । उनी भन्छ्न , विद्यालय मर्ज हुने कुरामा हामी सहमत छौ तर मर्ज गर्ने बहानामा कुनै शिक्षक बिस्थापित हुनु हुँदैन ।

वैज्ञानिक र मापदण्डका आधारमा बिध्यालय मर्ज हुनु पर्ने उनको भनाइ थियो ।

एकीकृत अखिल क्रान्तिका शिक्षक सङ्गठन नगर अध्यक्ष अखिल मान बहादुर रावलले भने राज्यले विद्यालय समायोजन गर्ने नीति ल्याएको छ , यसको प्रत्यक्ष असरको भागेदारी निजी शिक्षक भएका छ्न । पेसागत सङठनको तर्फबाट कुनै पनि निहुँमा निजी श्रोतका शिक्षकहरू बिस्थापित हुन हुँदैन उनले भने ।

नेपाल शिक्षक सङठन नगर अध्यक्ष राम प्रसाद गौतमले सम्पूर्ण सङ्ग्ठन एक भएर अगाडि बढ्नुपर्ने बताए । उनले भने मापदण्डका आधारमा विद्यालय मर्ज गरियोस ।

नेपाल राष्ट्रिय शिक्षक सङठनका नगर अध्यक्ष धनऋषि न्यौपानेले भने विद्यालय मर्ज हुने कुरामा अहिले आतिहाल्नुपर्ने अवस्था छैन , शिक्षकहरू स्थापित हुनेछ्न । निजी श्रोत शिक्षक सङ्गठन कैलालीका अध्यक्ष लिखनी चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नवीन कठायतले गरेका थिए ।