कृति आजादले दिएको अभिव्यक्ति नेपाल र नेपालीहरुका असह्य:नेपाली कांग्रेस - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कृति आजादले दिएको अभिव्यक्ति नेपाल र नेपालीहरुका असह्य:नेपाली कांग्रेस



काठमाडौं– नेपाली कांग्रेसले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको निन्दा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला सांसद आजादले गत शुक्रबार जनकपुर भारतमा फिर्ता गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । सांसद आजादले उक्त अभिव्यक्ति दिएको चार दिनपछि कांग्रेसले सो विषयलाई लिएर आपत्ति जनाएको हो ।

सोमबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर समबन्धमा खलल पुर्याउने अभिप्रयायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ । भारतीय सांसद आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’
कांग्रेसले सांसद आजादले दिएको अभिव्यक्ति नेपाल र नेपालीहरुका लागि सहन नसक्ने विषय भएको भन्दै यो विषयमा सरकारले तत्काल भारत सरकारसँग कुटनीतिक पहल गर्न आग्रह गरेको छ ।

सांसद आजादले नेपाल र भारतबीच भएको सन्धि २ सय वर्षका लागि मात्र भएकोले जनकपुर भारतमा ल्याउन प्रधानमन्त्री मोदी र विहारका मुख्यमन्त्री नितिशकुमारसँग आग्रह गर्दै ट्वीट गरेका थिए ।