सहयोगको अपिल ! - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सहयोगको अपिल !



हिमाल पोस्ट /नयाँ दिल्ली 

अर्घाखाँची जिल्लाको  भूमिकास्थान १ घर भएका  खिमराज बेल्बासेको  छोरा विशेष बेल्वासे  वर्ष ६ को  मुखमा खटिरो र आँखाबाट किरा निस्किने रोगले पिडित छन् । जन्मिदा राम्रै संग जन्मिय पनि केहि महिना पश्चात  मुखमा कालो पोतो जस्तै  देखिई  त्यसबाट खटिरा निस्किएर सडेपछी  किरा निक्लिने  रोग लागेको छ ।

पिडितका  बुवा पनि बिमारी भएर  किड्नी  खराब भएको थियो र  केही महिना अघि मात्रै २०/२२ लाख  खर्च गरेर अहिले स्वास्थ्य छन् । तर छोराको त्यो   पीडा सहन नसक्ने अवस्था भएपछी ऐले के गरौ र कसो गरौ भन्नेमा छन् ।

भरतपुर क्यन्सर हसपिटलमा छोरो छ  डक्टरहरुले अप्रेसन गर्न पर्छ भने ।’अप्रेसन  गर्दा ६०/७० हजार खर्च हुन्छ भनेका छन् अब त्यो पैसा कहाँबाट जुटाउ उनि हिमाल पोस्ट सँग रुदै भने ‘ आफन्त साथी भाइ सङ् जसो तसो गरेर मैले आफ्नो उपचार गराए अझै त्यो ऋण तिर्न सको छैन ,साँझा बिहान छाक टार्न धौ धौ छ उनले थप बताए ।

दिल्लीमा रहेको सामजिक सस्था देशभक्त आवाजले उक्त पिडित बालकलाई सहयोग गरिदिन  सबैलाई आग्रह समेत गरेको छ ।सेवा नै धर्म भएकोले निम्न सम्पर्क नम्बरमा फोन गरि सहयोग गर्न सकिने सस्थाका प्रतिनिधि अर्जुन थापाले बताए ।

अर्जुन थपा +91- 9717739774

बिमला बेलवासे(आमा )+977-9847926736

खिम राज बेलबासे (बुवा)+91-886 040 6951

मादब बेलबासे(अंकल) +91 90158 24377