अब नेपाल लोडसेडिङ मुक्त - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अब नेपाल लोडसेडिङ मुक्त



काठमाडौं, । सोमबारदेखि औद्योगिक क्षेत्रमा हुँदै आएको लोड सेडिङ पनि विद्युत् प्राधिकरणले हटाएसँगै नेपाल लोडसेडिङ मुक्त भएको छ । नेपाल विद्युत् प्राधिकरणले पिक आवरमा ओद्योगिक क्षेत्रमा दैनिक ३ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।

सर्वसाधारणको लागि गत वर्षनै प्राधिकरणले लोडसेडिङ नहुने घोषणा गरिसकेको छ ।

विगत्मा विद्युत्को माग धेरै भएको तथ्याङ्क देखाइ आपूर्ति कम हुने जनाउँदै लोड सेडिङ गरिंदै आएकोमा कुलमान घिसिङ प्रबन्ध निर्देशन बनेर प्राधिकरण आएसँगै वास्तविक तथ्याङ्कमा आधारित हुँदा दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ निर्मुल पार्न सम्भव भएको थियो ।

यो वर्ष प्रि मनसुनमा राम्रो वर्षा भएको र मनसुनमा पनि पर्याप्त वर्षा हुने मौसमविद्को आँकलनसँगै जाडो यामसम्म सहज रुपमा विद्युत् आपूर्ति गर्न सकिने निष्कर्ष प्राधिकरणको भएको बताइएको छ ।

यसै अंग्रेजी वर्षको अन्त सम्ममा ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत् परियोजनाले उत्पादन गर्न थाल्ने भएकोले अब लोड सेडिङ गर्न नपर्ने जानकारी विद्युत् प्राधिकरणले दिएको छ ।