मुम्बईको प्लेअफबाट बाहिरिने सम्भावना, राजस्थान भने चम्कियो ! - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

मुम्बईको प्लेअफबाट बाहिरिने सम्भावना, राजस्थान भने चम्कियो !



राजस्थान रोयल्ससँग पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सको प्ले अफ सम्भावना लगभग सकिएको छ।

आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पाँचौ स्थानमा उक्लिएको राजस्थानले भने प्ले अफमा पुग्ने सम्भावनालाई बढाएको छ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको राजस्थानले १२ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गर्‍यो। उसको जितमा जस बटलरले उत्कृष्ट पारी खेल्दै ९४ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ५ चौका प्रहार गरे।

यस्तै कप्तान अजिन्के रहानेले ३७ र सञ्जु सामसनले २६ रन बनाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको मध्यम योगफल तयार पारेको थियो।

उसका लागि इभिन लेविसको अर्धशतक प्रहार गरे।४२ बल खेलेका लेविसले ४ छक्का र त्यत्तिनै चौकाको मद्दतमा ६० रनको योगदान गरे । यस्तै सूर्यकुमार यादव र लेविसले ८७ रनको साझेदारी गरेका थिए।

सूर्यकुमार ३८ बल रन बनाउँदै आउट भएका थिए। कप्तान रोहित शर्मा खाता नखोल्दै आउट भए पनि हार्दिक पाण्डेयले ३६ रन बनाए।

बेन कटिङले अविजित १० रन बनाए। राजस्थानका लागि जोफ्रा, बेन स्टोक्स तथा धवाल कुलकर्णीी र जयदेव उन्डकटले समान १-१ विकेट लिए।

जितसँगै राजस्थान पाँचौं स्थानमा उक्लेको छ भने साविक विजेता मुम्बई छैठौं स्थानमा झरेको छ। सनराइजर्स हैदराबाद र चेन्नाई सुपर किङ्स प्ले अफमा छनोट भइसकेका छन् ।

अब २ टोलीका लागि समान १२ अंक भएका किङ्स ११ पञ्जाब, कोलकाता नाइट राइडर्स, राजस्थान, १० अंकको मुम्बई र ८ अंक जाडेको रोयल च्यालेन्सर्ज बैंगलोर छन्। ६ अंक मात्र जोडेको दिल्ली डेयरडेभिल्स प्ले अफबाट बाहिरिसकेको छ।

आइपिएलमा सोमबार किङ्स एलाभेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।