लिभरपुल च्याम्पियन्स लिगमा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

लिभरपुल च्याम्पियन्स लिगमा



च्याम्पियन्स लिगको जारी सिजनको उपाधिका लागि रियल मड्रिडसँग खेल्न लागेको लिभरपुलले अर्को सिजनको च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित गरेको छ ।

शनिबार रातिको खेलमा ब्राइटन एण्ड होभ अल्विअनलाई ४–० ले हराउँदै लिभरपुलले प्रिमियर लिगमा चौथो अर्थात च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह, डेजान लोभरेन, डोमिनिक सोलान्के र एन्ड्रु रोबर्टसनले गोल गरेका थिए । लिभरपुलले ७५ अंक जोडेको छ ।