बार्सिलोनालाई लेभान्टेले हरायो - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

बार्सिलोनालाई लेभान्टेले हरायो



काठमाडौं । जारी सिजनको स्पेनिस घरेलु लिग ला लिगामा अपराजित बार्सिलोनालाई लेभान्टेले हराएको छ । आइतबार राति लेभान्टेको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाई घरेलु टोलीले ५ ४ गोलले हराएको हो ।

खेलमा बार्सिलोना स्टार खेलाडी लियोनल मेसीबिना उत्रेको थियो । खेलमा घरेलु तथा पाहुना टोली दुबैका खेलाडीले ह्याट्रिक गरेका थिए । लेभान्टेको लागि खेलको ९ औं, ३० तथा ४९ औं मिनेटमा इम्यानुयल बोटेङले गोल गरेका थिए । त्यस्तै, लेभान्टेकै लागि ४६ औं मिनेटमा तथा ५६ औं मिनेटमा इनिस बार्डीले गोल गरेका थिए ।

बार्सिलोनाको लागि फिलिप कोउटिन्होले पनि ह्याट्रिक हाने । उनले खेलको ३८ औं, ५९ औं तथा ६४ औं मिनेटमा गोल गरेका हुन् । बार्सिलोनाको लागि यो उनको पहिलो ह्याट्रिक हो । त्यसतै खेलको ७१ औं मिनेटमा बार्सिलोनाको लागि लुईस स्वारेजले पेनाल्टी मार्फत गोल गरे । खेलको बाँकी समयमा कुनै पनि गोल हुन सकेन र खेल लेभान्टेको पक्षमा गयो ।

बार्सिलोनाले सन् २०१७ को अप्रिल महिनादेखि ला लिगाका कुनै पनि खेलमा हार व्यहोरेको थिएन । ४०० दिन पहिले बार्सिलोनाले मालागासँग खेल हारेको थियो । बार्सिलोना ला लिगामा लगातार ४३ खेलमा हार व्यहोरेको थिएन । बार्सिलोनाका यसअघिका प्रशिक्षक लुईस इन्रिके र भालभर्डेले उक्त अपराजित यात्रा ४३ खेलसम्म पुर्याएका हुन् ।