गुण्डा, काम नगर्ने प्रहरी र व्यावसायीलाई सर्वेन्द्र खनालको यस्तो प्याकेज - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

गुण्डा, काम नगर्ने प्रहरी र व्यावसायीलाई सर्वेन्द्र खनालको यस्तो प्याकेज



प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीलाई कुनै पनि अपराधिक गिरोहसँग साँठगाँठ गरेको पाएमा तत्कालै कारबाही हुने चेतावनी दिएका छन् ।

पोखरामा लागूऔषध विरुद्धको महाअभियानको स्मारीका विमोचन तथा कास्की प्रहरी कार्यालयका मुलगेट, सभाहल र नागरिक साहयता कक्षको उद्घाटन गर्दै पहिले नागरिकका काम गर्नुपर्ने बताए ।

उनले अपराधिक गिरोह, गुन्डागर्दीसँग मिलेर काम गरेका पाएमा दुई दिन होइन प्रहरी संगठनमा एक दिन पनि रहन नसक्ने दाबी गरे । ‘नेपाल प्रहरीले कुनै अपराधिक साँठगाँठ गर्न सक्दैन, अपराधिक गिरोहसँग मिल्न सक्दैन’, खनालले भने, ‘चाहे त्यो एसपी होस्, चाहे त्यो डिएसपी होस्, चाहे एसएसपी होस्, चाहे मातहतका प्रहरी होस्, तत्कालै कारबाही हुन्छ ।’

खनालले नागरिकका काम कुनै सोर्सफोर्सका र राजनीतिक आधारमा नभइ नियम अनुसार गर्न प्रहरी निकायलाई निर्देशन दिए । ‘नागरिकका काम कुनै ठूलो वा राजनीतिक दलको सिफारिसका आधारमा होइन,’ उनले भने,‘निमुखा नागरिकको काम कुनै भनसुन नगरि नीति र नियम अनुसार गर्नुपर्छ ।’

उनले पोखरा पर्यटकीय शहर भएका कारण रातभरि चल्नुपर्ने बताए। उनले भने, ‘गुन्डागर्दी गर्नेलाई पक्राउ गर्नुहोस्, तर व्यवसाय गर्नेलाई व्यवसाय गर्न दिनुहोस्।’ उनले व्यापार व्यवसाय बढे राज्यको कर बढ्ने बताउँदै राज्य समृद्ध भएर शान्ति सुरक्षा आफैं हुने बताए ।

उनले लागूऔषधलाई देशभर अभियानका सञ्चालन गरेर न्युनीकरण गर्ने बताए । कास्कीमा लागूऔषधको क्षेत्रमा राम्रो काम भएको भन्दै त्यसै गरि अन्य ठाउँमा पनि गर्नुपर्ने बताए ।