म प्रधानमन्त्री थिएँ, नाकाबन्दी थियो, अब नाकाबन्दी हुँदैन : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

म प्रधानमन्त्री थिएँ, नाकाबन्दी थियो, अब नाकाबन्दी हुँदैन : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अब नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार गरिएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे प्रतिनिधि सभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले तीन वर्षअघि नाकाबन्दीबाट अहिले नाकाबन्दी नहुने अवस्थामा दुई देशको सम्बन्ध पुगेको बताए ।

‘त्यतिबेला म प्रधानमन्त्री थिएँ, नाकाबन्दी थियो, नाकाबन्दी नहटे म भारत जान्नँ भनें । नाकाबन्दी हटाएरमात्र म भारत गएँ,’ ओलीले भने, ‘त्यस्तो तनावपूर्ण सम्बन्धलाई सुधारेर नाकाबन्दी नहुने स्थितिमा पुगेको छ । अब नाकाबन्दी हुँदैन ।’

उनले विगतका समस्या अल्झेर बस्नुको कुनै अर्थ नहुने बताए । उत्तर र दक्षिण कोरिया, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भावी भेटको उदाहरण दिँदै सम्बन्ध सुधारको विकल्प नभएको बताए ।

‘कतिपयले ‘वान वन वान’ वार्ताको र ठूला लेनदेन गर्न हुने वार्ताको महत्व बुझ्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय कुरा सामूहिक रूपमा भन्दा नसल्टिने खालका हुन्छन्, एक्लाएक्लै त्यो पनि पटकपटक छलफल गरेपछिमात्रै टुंगिन्छ ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अभिव्यक्तिबाट पनि नेपाल भारत सम्बन्ध नयाँ ढंगबाट सुरु हुन थालेको छनक पाइने बताए ।

‘भारतीय प्रधानमन्त्री मोदीले नेपाल सार्वभौमसत्ता, अखण्डता, प्राथमिकता र आवश्यकतामा अघि बढाउँदा चित्त नदुख्ने अभिव्यक्ति दिनुभएको छ,’ ओलीले भने, ‘यो नयाँ सम्बन्धको प्रस्थान विन्दु हो ।’

उनले पहिलो पटक भारत जाँदा पनि आफूले सम्बन्धमा चिसोपनमा खुसी हुने होइन त्यसलाई हटाउने हो भनेको बताए ।

‘त्यतिबेला पनि नेपाल भारत सम्बन्ध बिग्रेकोमा दुखी छौं र सम्बन्ध बिग्रनुका कारण हटाउन चाहन्छु भनेको थिएँ, अहिले सम्बन्ध सुधारको क्रममा छ, त्यसो हुनु भनेको त हामी खुसी हुनु हो,’ प्रधानमन्त्रीले भने ।

भारतीय प्रधानमन्त्री मोदीले शनिबार काठमाण्डु महानगरपालिकाले गरेको नागरिक अभिनन्दनमा दोहा¥याएर ‘नेपाल आफ्ना प्राथमिकता र आवश्यकतामा अघि बढोस् भारत साथ दिन तयार छ’ भनेका थिए ।

प्रधामन्त्री ओलीले मोदीको भ्रमणका क्रममा नागरिक स्तरबाट देखाइएको सजगताका लागि पनि धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले छिट्टै चीन भ्रमणमा पनि जाने जानकारी दिए ।