मोदीको धार्मिक तथा कूटनैतिक भ्रमण र नेपालको पर्यटन विकास - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

मोदीको धार्मिक तथा कूटनैतिक भ्रमण र नेपालको पर्यटन विकास



-पुष्प थापा

जनकपुर र राष्ट्रिय सभागृहमा मोदीको नागरिक अभिनन्दनको सम्बोधनले सबै सहभागीहरूको मन जित्ने कोसिस गरेको देखियो। नेपालीहरू फराकिलो सोचाई र विशाल हृदयका हुन्छन् भन्ने प्रमाणको सङ्केत दिएको छन् नाकाबन्दीले दिएको कष्टलाई बिर्सिएको मुटुमा च्यापी छिमेकोसितको सम्बन्ध हार्दिकता होस भन्ने नेपालीको चाहना रहेकोले फेरी पनि छिमेकीबाट यस्तै अमानवीय कार्य दोहरिन हुँदैन भन्ने आम सोचाई रह्यो।

मृदुभाषी स्वरका धनी प्रधान मन्त्री मोदीले ले नेपाली र हिन्दीमा भाषामा बोल्दै स्थानीय स्थल र स्मारक तथा बुद्ध,सीता र सगरमाथाको पनि नाम उच्चारण गरी गडगटाह तालीले सम्मान पाएका छन् । विश्वको १० औ प्रबल शक्तिवान नेताको रूपमा परिचित नरेन्द्र मोदीले नेपालीको संविधानको कार्यान्वयनलाई प्रशंसा गर्दै नेपालको संविधानलाई शहर्ष वर्णन गरी स्वीकार गरेको देखियो। प्रधान मन्त्री मोदीले नेपालको आन्तरिक मामिला नेपाली जनताको नेतृत्वको सरकार र नेपाली जनताको आपसी सहकार्य र सहमतिमा समाधान हुनु पर्नेमा जोड दिँदै उनको भाषणमा भारत नेपालको सच्चा छिमेकी मित्रको रूपमा सधैँ नेपाली जनताको साथमा काँधमा काँध मिलाउँदै जाने भनेको सुनियो।

प्रधान मन्त्रीमोदीको नेपाल भ्रमणले दुइटा विषयलाई स्पष्ट बनायो। २५ वर्ष पहिले एमालेले निर्माण हुने नदिएको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजना एमालेकै अध्यक्ष तथा प्रधान मन्त्री केपी वली र भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरे भने भारतले नेपालको संविधानलाई स्वीकार गरी नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता प्रधान मन्त्री मोदीले व्यक्त गरेको सुनियो। यी दुवै थरी ढिलै भए पनि पश्च्याप गरी राइट ट्राकमा आएका छन्।

प्रधान मन्त्री मोदीलाई जनकपुरमा धेरै राम्रो स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ। नेपालको आन्तरिक मामिलालाई मोदीको नागरिक अभिनन्दनमा प्रदेश न २ का मुख्य मन्त्री लालबाबु राउतले समावेश गर्नु कूटनैतिक मर्यादा भन्दा बाहिर गएको देखियो। नेपालको संविधानलाई संशोधन गर्न भारतको हस्तक्षेप हुनु पर्ने सङ्केत देखाए। यस बारेमा चारै तिरबाट धेरै आलोचित बनेका २ न प्रदेशका मुख्य मन्त्री ज्यूलाई प्रधानमन्त्री मोदीले त्यति धेरै महत्त्व पनि दिएको देखिएन।

जनकपुर् काठमाडौँ मुक्तिनाथमा मोदीले धेरै राम्रो स्वागत पाएका छन्। मोदीको तीर्थ यात्रा पछि मुक्तिनाथ र जनकपुरमा धेरै तीर्थ यात्रीहरूको आगमन हुने देखिन्छ। तर जनकपुर र मुक्तिनाथको पूर्वाधारको दुर्दशाले तिर्थ्यत्रिहरुलाई निरुत्वसाही बनाउने छ। फोहरमहिला धेरै छ भने यातायातको लागी राम्रा सडक छैनन् भने भर पर्दा यातायातका साधनहरू छैनन्। यात्रीहरू रहनको लागी होटेल र खान खाने रेटुराहरु प्रयाप्त छैनन्।

प्रधान मन्त्री मोदीको नेपालको धार्मिक तथा कूटनैतिक भ्रमणले नेपालको पर्यटन विकासको लागी धेरै टेवा पुग्ने छ। हजारौँ लाखौँ करोडौ रकम खर्चेर नहुने मुक्तिनाथ र जानकी मन्दिरको प्रचार प्रसार भारतीय टिवी च्यानलहरूले सित्तैमा गरी दिएका छन्। मोदीलाई नेपालीहरूले देखेको सद्भावपूर्ण सत्कारसहितको सम्मान धेरै प्रशंशायोग्य रहेको छ।

आगामी दिनमा चीनको राष्ट्रपतिलाई पनि धार्मिक तथा कूटनैतिक राजकीय औपचारिक भ्रमणको लागी निमन्त्रण गर्नु पर्दछ। यसै सिलसिलामा चीनको राष्ट्रपतिलाई लुम्बिनीको भ्रमण गराउनु पर्दछ। चीनको राष्ट्रपतिको लुम्बिनी भ्रमणमा चिनियाँ टिवी च्यानलहरूले लुम्बिनीको बारेमा धेरै वर्णन गर्न सक्दछन। यसरी नै नेपालको धार्मिक र राजनीतिक सम्बन्धले पर्यटन पर्बर्धन हुनसक्दछ।