मोदीले क्रिकेटर सन्दिपलाई पनि छोडेनन् ! - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

मोदीले क्रिकेटर सन्दिपलाई पनि छोडेनन् !



काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिकेटर सन्दिपलाई पनि जोड्न भ्याए । खासमा उनले भावना जोडिएका सबै क्षेत्र समेटे । नाकाबन्दीबाट रुष्ट भएका नेपाली फकाउन सन्दिप लामिछानेलाई पनि जोड्न भ्याए ।

उनले इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा स्पिनर सन्दिप लामिछानेलाई सम्झिएका छन्।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले भारतमा चलिरहेको आइपीएल क्रिकेटमा नेपाल पनि जोडिएको बताए।

उनले भने– ‘भारतमा चलिरहेको आइपीएलमा पहिलोपटक नेपालको एक नौ जवान खेलाडी सन्दिप लामिछाने सहभागी भएका छन्। यो खुसीको कुरा हो। अन्य खेलको माध्यमबाट नेपाल र भारतबीच पिपुल टु पिपुल सम्बन्ध कायम रहोस भन्न चाहन्छु।’

नेपालबाट पहिलोपटक सन्दिप लामिछाने दिल्ली डेयर डेभिल्समार्फत आइपीएलमा सहभागी छन्। उनलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको छ।