जय गणेश ग्रुपद्वारा बिरामी बालकलाई आर्थिक सहयोग
घर जग्गाको कारोबार गर्ने जय गणेश ग्रुप नामक संस्थाले लोथरका एक बालकलाई उपचार स्वरूप आर्थिक सहयोग गरेको छ ।
जय गणेश ग्रुपका अध्यक्ष राजु कुमाल,सञ्चालक रमेश थापा र सागर श्रेष्ठले संयुक्त रूपमा पिप्ले वडा नम्बर १, लोथर निवासी बालक शैलेश राईलाई नगद ८० हजार आर्थिक सहयोग रकम हस्तान्त्रण गरेका हुन ।
जय गणेश ग्रुपले आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी उक्क्त सहयोग रकम हस्तान्त्रण गरेको हो । बालक शैलेश राईको स्वास्थ्य उपचारमा थप सहज बनाउन सहयोग गरेको जय गणेश ग्रुप चितवनका अध्यक्ष राजु कुमालले जानकारी दिए ।
त्यसै गरी बिरामी बालक राईको उपचारको लागि प्रशंसा कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक विजय श्रेष्ठबाट नगद १५ हजार र सिद्धार्थ निर्माण सेवाका प्रबन्ध निर्देशक राजेन्द्र कुमार श्रेष्ठबाट पनि नगद १५ हजार आर्थिक सहयोग यसै कार्यक्रम मार्फत सहयोग गरेका छन् ।