ओली र मोदीको 'सेक्रेट' वार्ता हुने ! - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

ओली र मोदीको ‘सेक्रेट’ वार्ता हुने !



प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता हुने भएको छ । बालुवाटार स्रोतका अनुसार साँझ सवा ६ बजेपछि होटलमा दुई प्रधानमन्त्रीबीच भेट हुनेछ । दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुनेछ ।

सोही होटलमा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गर्नेछन् । होटलबाटै दुबै प्रधानमन्त्रीले संखुवासभामा बन्न लागेको ९०० मेगावाटको अरूण तेस्रोको शिलान्यास पनि रिमोटमार्फत् गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी मोदीको सम्मान रात्रीभोज पनि आयोजना गरेका छन् । केहीबेरअघि मोदीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा गार्ड अनर दिइएको थियो। गार्ड अफ अनरपछि मोदी राजनितिक भेटघाटमा व्यस्त छन् । प्रधानमन्त्रीसँगको भेटअघि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ ।

दुई दिने राजकीय भ्रमणका लागि मोदी जनकपुर हुँदै आज अपरान्ह काठमाण्डु आएका हुन् ।