विवेकशील साझाको कार्यालयमा प्रहरीको हस्तक्षेपप्रति गगन थापाको आपत्ति ! - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

विवेकशील साझाको कार्यालयमा प्रहरीको हस्तक्षेपप्रति गगन थापाको आपत्ति !



नेपाली कांग्रेसका नेता गगन थापाले विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेकोमा बिरोध गरेका छन् ।

प्रहरीले हस्तक्षेप गरी नाकाबन्दी विरोधी ब्यानर च्यातेकोप्रति गगन थापाले लोकतन्त्रकै अपमान भएको भन्दै आपत्ति जनाएका छन्।

संविधानले दिएको फरक मत राख्न पाउने र अहिंसात्मक विरोध गर्न पाउने अधिकारविरुद्धको सो कार्य निन्दनीय भएको उनले जनाएका छन्।

‘हाम्रो संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चत गरेको छ। त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सिर्जनात्मक विरोध पनि सहन नसक्ने?’, गगन थापाले ट्वीट गर्दै भनेका छन्, ‘विवेकशील साझाको ब्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य हो।’

प्रहरीले शुक्रबार दिउँसो ललितपुर बखुन्डोलस्थित विवेकशील साझाको केन्द्रीय कार्यालयबाट नाकाबन्दीको विरोध गरिएको तुल च्यातेको थियो।