खगेन्द्र संग्रौलाको टिप्पणी: 'ओलीको राष्ट्रवाद मोदीको चरणमा लम्पसार' - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

खगेन्द्र संग्रौलाको टिप्पणी: ‘ओलीको राष्ट्रवाद मोदीको चरणमा लम्पसार’



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भनिएको धार्मिक भ्रमण भैरहेको २ दिने भ्रमणको बिषयमा सामाजिक संजाल तातेका छन् । संजालमा मोदी र ओली बिरुद्द ट्रेन्ड नै चलाईएको छ ।

खासगरी भारतीय सेनाले गरेको गस्ती र २०७२ सालमा भारतले लगाएको अमानविय नाकाबन्दीको खुलेर बिरोध भैरहेको छ ।

यसैक्रममा सामाजिक संजालमा सक्रिय रहने र सधै चर्चामा रहने खगेन्द्र संग्रौलाले मोदी भ्रमण र प्रधानमन्त्री ओलीको लम्पसार प्रति खरो टिप्पणी गरेका छन् ।

‘अतिथि मोदीको सवारीमा एक बगाल भारतीय हतियारधारी सुरक्षाकर्मी ! कि यो ठूल्दाईको दादागिरीको नग्न प्रदर्शन हो ? ‘अरे मिस्टर ओलीको राष्ट्रवाद मोदीको चरणमा लम्पसार परेकै हो ? ओली राष्ट्रवादका पवनपुत्रहरु बोल ।’

मोदीको सुरक्षामा भारतीय सेनाको ठूलो समुह नै नेपाल आएको भन्दै नेपालमा चौतर्फी विरोध भइरहेको छ ।