भारतीय पत्रकारको नेपालमा यस्तो दादागिरी - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

भारतीय पत्रकारको नेपालमा यस्तो दादागिरी



काठमाडौं -भारतीय सञ्चारकर्मीले त्रिभुवन विमानस्थलमा दादागिरी देखाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको कारगेडसँगै सरकारी सञ्चारमाध्यमका पत्रकारलाई उपलब्ध गराएको साधनलाई वलजफ्ती हडपेको वताइएको छ ।

भारतीय सञ्चारकर्मीहरुले आफुहरुको लागि छुट्याइएको सवारी साधन भन्दै गाडीमा वसेका नेपाली पत्रकारहरुलाई निकालेका थिए ।

नेपाल टेलिभिजन,राष्ट्रिय समाचार समिति, गोरखापत्र र सूचना विभागका फोटो पत्रकारलाई छुट्याइएको साधनलाई जवरजस्ती कब्जामा लिएका हुन् ।

मोदीको कारगेडसँगै छुट्याइएको सवारी साधनका लागि सरकारी सञ्चारमाध्यमका चार पत्रकारलाई सूचना विभागले पास उपलब्ध गराएको थियो ।रातोपाटीको सहयोगमा