जनतालाई दु:ख दिएर पाहुनाको सत्कार किन गर्नु ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

जनतालाई दु:ख दिएर पाहुनाको सत्कार किन गर्नु ?



काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भनिएको धार्मिक भ्रमणका लागि नेपाल आएका छन् । उनी आएसँगै सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सुरक्षाकर्मी मात्र होइन सडकमा हजारौँ सर्वसाधारणले सास्ती खेपिरहेका छन् । मोदी हिँड्ने रुटमा सवारी सञ्चालन गर्न दिइएको छैन भने उनको रुट नपरेको ठाउँमा पनि अस्त व्यस्त छ ।

हजारौँ जनताले पाएको यो दुखले पाहुना आएकोमा सर्वसाधारण खुसी छैनन् । जनताले सास्ती पाउनेगरी गरिएको सवारी व्यवस्थापन पनि अपाच्य हुने खालको छ ।

अन्य रुटका गाडी पनि अर्कै रुटबाट हालेपछि चोक चोकमा जाम पनि उस्तै छ ।

काठमाडौँका मुख्य सडकमा सवारी ठप्प नै छन् यो खालको सास्ती जनतालाई दिएर छिमेकी खुसी पार्ने व्यवस्था ठिक भने होइन ।