दिल्लीको मजबुत खेल, ऋशब पन्तको कीर्तिमानी शतक ! - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

दिल्लीको मजबुत खेल, ऋशब पन्तको कीर्तिमानी शतक !



फिरोज शाह कोटला मैदानमा भैरहेको खेलमा दिल्ली डेयरडेभिल्सका ऋशब पन्तले आक्रामक शतक प्रहार गर्दै आइपिएल सिजनमा किर्तिमान कायम गरेका छन् । उनको कीर्तिमानी शतकसंगै दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदरावादसामू १ सय ८८ रनको मजबुद लक्ष्य प्रस्तुत गरेको छ।

जारी सिजनमा सनराइजर्स हैदराबाद १० मध्ये ८ खेल जित्दै शीर्ष स्थानमा छ भने त्यतिनै खेलमा ३ पटकमात्रै जित हात पार्न सकेको दिल्ली पुछारमा छ। यसखेलमा हारले दिल्लीको प्लेअफ सम्भावना सकिनेछ। जितले हैदरावादलार्इ भने प्लेअफमा पुर्याउनेछ।

दिल्लीलार्इ अत्यावश्यक परेका बेला विकेट किपर ब्याट्सम्यान ऋशबले शतक प्रहार गर्दै महत्वपूर्ण पारी खेले। समग्रमा ऋशब ६३ बल खेल्दै १५ चौका र ७ छक्काको मदतमा १ सय २८ रनको पारी खेल्दै नटअाउट रहे।

यो जारी अाइपीएलको सर्वाधिक व्यक्तिगत स्कोर हो। साथै यससिजनको अाइपीएलको तेस्रो शतक पनि हो। यसअघि चेन्नाइ सुपरकिंग्सका शेन वाट्सनले राजस्थान रोयल्सविरुद्ध १०६ रनको व्यक्तिगत उच्च पारी खेलेका थिए।

ऋशबले वाटसनको यो कीर्तिमान अाज तोडेका हुन्। वाटशन र ऋशब बाहेक पन्जाबका क्रिस गेलले अाइपीएलको पहिलो शतक(१०५) प्रहार गरेका थिए।

ऋशबले भुवनेश्वर कुमारको अन्तिम अोभरमा मात्रै उनले ३ छक्का र २ चौका सहित २६ रन जोडेका थिए। योसँगै ऋशब अहिलेसम्म अाइपीएलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन्। ११ खेलमा ऋशबले ५२१ रन बनाएका छन। दोस्रो नम्बरमा पन्जाबका केएल राहुल छन। उनले १० खेलमा ४६७ रन जोडेका छन।

यसअघि ऋशबले दिल्लीका लागि ३ अर्धशतक पनि प्रहार गरिसकेका छन। उनले राजस्थानविरुद्ध २९ बलमा ६९ रन, चेन्नाइविरुद्ध ४५ बलमा ७९ रन र बैंग्लोरविरुद्ध ४८ बलमा ८५ रनको पारी खेलेका थिए।