तिवारी हत्या आरोपमा माओवादीबाट निर्वाचित मेयर पक्राउ - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

तिवारी हत्या आरोपमा माओवादीबाट निर्वाचित मेयर पक्राउ



काठमाडौं: हिन्दु युवासंघ वीरगञ्जका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमामा रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेयर कुशवाहलाई बिहीवार काठमाडौंबाट पक्राउ गरेको ब्युरोका एसपी बुद्धि गुरुङले जानकारी दिए। जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले कुशवाहालाई जन्मकैदको सजाय सुनाएको थियो।

कुशवाहा माओवादी केन्द्रबाट उम्मेदवारी दिई निर्वाचित भएका थिए। उनी पूर्वमन्त्री प्रभु साहका स्वकीय सचिव थिए।

२०६७ असार १२ गते वीरगञ्ज मसानघाट शिवपार्वती मन्दिर नजिकै तिवारीको हत्या भएको थियो।