तिन वर्ष पछी प्रचण्ड प्रधानमन्त्री - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

तिन वर्ष पछी प्रचण्ड प्रधानमन्त्री



देशमा फेरि पनि अस्थिरता उत्पन्न हुने भएको छ । झण्डै दुई–तिहाइ बहुमत प्राप्त सरकार भएर पनि पाँच वर्षसम्म टिक्न नसक्ने सङ्केत देखिएको छ ।

जनताले वाम गठबन्धनलाई स्थायी सरकारका लागि मतदान गरेका थिए । तर माओवादीस“ग पार्टी एकता गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले तीन वर्षपछि प्रचण्डका लागि प्रधानमन्त्री पद त्याग्न तयार भएका छन् । प्रचण्डले एकता महाधिवेशनपछि मागेको अध्यक्ष पद दिन नसक्ने भएपछि प्रधानमन्त्री पद दिएर ओलीले पार्टी एकता गर्न प्रचण्डलाई मनाएका हुन् ।एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने तय भएको जनाइएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नया“ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरिसकेको स्रोतले जनाएको छ । जेठको पहिलो साता संयुक्त अधिवेशन बोलाउने सहमति भइसके पनि पार्टी एकता संयोजन समितिको बैठक मार्फत् मिति तोक्ने तयारी छ ।दुई अध्यक्षबीच २० वैशाखमा भएको लामो छलफलले एकतास“ग जोडिएका सबै विषय टुङ्गो लगाएको हो ।

त्यस दिन ओली र प्रचण्डबीच दुई पटक छलफल भएको थियो भने एमाले नेता माधव कुमार नेपाल र प्रचण्डबीच पनि छुट्टै कुराकानी भएको थियो । सोही छलफलले तीन वर्षपछि प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने लगायतका समझदारी भएको स्रोतले बताएको छ ।विवादित भनिएको चुनाव चिह्न, विधानको प्रस्तावना र केन्द्रीय कमिटीको सङ्ख्यामा दुई अध्यक्षले सहमति गरेका छन् । एकीकृत नया“ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य राख्ने सहमति भएको छ । यस्तै, तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको जनयुद्ध राजनीतिक परिवर्तनका लागि महङ्खवपूर्ण परिघटना भएको प्रसङ्ग विधानमा लेख्ने सहमति भएको छ ।

यसैगरी केन्द्रीय कमिटी २९९ सदस्य बनाउने भनिएकोमा अब सङ्ख्या ३५१ बनाउने सहमति भएको छ । यसमा एमालेबाट करिब २०० र माओवादीबाट करिब १५० सदस्यले प्रतिनिधित्व गर्नेछन् ।एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै अन्तिम केन्द्रीय कमिटी बैठक बोलाउनेछन् । दुवै पार्टीका केन्द्रीय कमिटीले आ–आफ्नो पार्टी विघटन गर्ने र एक–अर्कास“ग एकीकरण गर्ने औपचारिक निर्णय गर्नेछन् ।

पार्टी एकता संयोजन समितिले तोकेको मितिमा दुवै पार्टीको संयुक्त अधिवेशन आयोजना हुने छ । सो अधिवेशनले दुवै पार्टी भङ्ग भएको निर्णय अनुमोदन गर्दै नेतृत्व सहित नया“ पार्टी गठन गर्ने निर्णय गर्ने छ । सोही निर्णय अनुसार नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ ।