दिल्लीबाट काठमाडौं लागि हिडेको बस बुटवलमा दुर्घटना - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

दिल्लीबाट काठमाडौं लागि हिडेको बस बुटवलमा दुर्घटना



दिल्लीबाट काठमाडौंको लागि छुटेको लु १ ख ८७९५ नम्वरको बस बुटवलको तिनाउ पुलमा दुर्घटना भएको छ । दुर्घटना पछी यातयात अवरुद्ध भएको छ । मानवीय क्षति नभएपनि यातायात राेकिएकाे हाे ।

बुटवलबाट पश्चिम तर्फ जादै गरेको बा २ क ४६७५ नम्वरको ट्रकसंग बस  पुलको वीच भागमा ठोक्दिा बाटो अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक कार्यलय बुटवलले जनाएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तरगतको पुलमा बाटो खेल्ने प्रयास जारी रहेको र केही बेरमा एक तर्फीबाटो संचालन हुने ट्राफिक कार्यलयले जनाएको छ ।