गोरे घाइते, ३३ किलो सुन चाचाको भएको खुलासा ! - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

गोरे घाइते, ३३ किलो सुन चाचाको भएको खुलासा !



सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ घाइते अवस्थामा फरार भएका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले चाचाजी भनिने महावीर गोल्यान र एमके भनिने मोहन अग्रवाल समूहको कुटाइबाट गोरे घाइते भएको सुराकी पाएको हो । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गोरेविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ।

समितिले ३३ किलो सुनको लगानीकर्ता गोल्यान भएको निष्कर्ष निकालेको छ । समितिका अनुसार सुन हराएपछि गोरेलाई सो समूहले कुटपिट गरेको थियो । ३३ किलो सुन थाई एयरलाइन्सका इन्जिनियर सानु वनले अनामनगरबाट लुटाएपछि गोल्यान समूहले गोरेलाई कुटपिट गरेको थियो।

गोरेले गोल्यान समूहबाट कुटाइ खाएपछि आफ्नो समूहका सबैलाई अपहरण गरी कुटपिट गर्दा शाक्यको मृत्यु भएको थियो । पौडेल नेतृत्वको समितिका सदस्यहरुले गोरे घाइते भएको र ३३ किलो सुनको लगानीकर्ता गोल्यान भएको सुराकी पाएपछि सोही आधारमा गोल्यान पक्राउ गरी थप अनुसन्धान अघि बढाएका हुन् । समितिले पछिल्लो समय नेपालबाट ३८ क्विन्टल सुन तस्करीमा गोरे समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ ।

समिति स्रोतका अनुसार गोरेको चाचाजीसँग दुबईमा सम्पर्क भएको थियो । चाचाजी र अन्य सुन व्यवसायीको अर्डरमा गोरेले त्यहाँबाट नेपालमा सुन पठाइदिने गरेका थिए । सुरुमा साथीभाइको पैसा जम्मा पारेर नेपालमा १०÷१० तोला सुन पठाउने गरेका गोरेले चाचाजीसँग सम्पर्क बढेपछि उनकै लगानीमा ठूलो परिमाणमा सुन पठाउन थालेका थिए । स्रोतका अनुसार चाचाजीकै कारण गोरे सुन तस्करको सञ्जालमा आबद्ध भएका थिए । उनले दुबईमा रहेका हरिशरण खड्कासँग मिलेर रेस्टुरेन्ट व्यवसाय गरेका थिए।

२०७३ पुस २१ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साढे ३३ किलो सुन बरामद गरी खड्कालाई मुख्य अभियुक्त बनाएपछि गोरे र खड्का अलग भएका थिए । खड्का सो प्रकरणमा मुछिए पनि सुन तस्करी गर्न भने छाडेनन् । खड्काले नै पठाएको दुई किलो सुन महानगरीय प्रहरी अपराध महाशाखाले गोरेकै सुराकीमा बरामद गरेको थियो । त्यो सुन चाचाजीकै समूहमा रहेका एमके अग्रवालको लगानीमा ल्याइएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीका चालक विष्णु खड्काले समितिसँगको बयानमा आफूले चाचाजी र एमके अग्रवाललाई २०-२५ पटक सुन पुर्याइदिएको बताएका छन् । नागरिक दैनिकबाट ।