मोदी भ्रमणको विरोध गर्नुको तुक छैन:डा. महत - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

मोदी भ्रमणको विरोध गर्नुको तुक छैन:डा. महत



काठमाडौं,। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा यही बैशाख २८ गते नेपाल आउँदैछन् । उनको भ्रमणलाई लिएर सबै दलले स्वागतको भव्य तयारी गरिरहेका छन् । सरकारले मोदीको भ्रमण सफल बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताईसकेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र भने अहिले मत विभाजित बनेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर ‘हाम्रा प्रमको राष्ट्रवाद कुन मञ्चमा सुकुला ?’ भनेर प्रश्न गरेसँगै उनको टिप्पणीबारे कांग्रेसकै नवनियुक्त सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रवक्ता शर्माको भनाईको खण्डन गरेका छन् ।

प्रवक्ता शर्माले पछिल्लो समय ओलीलाई राष्ट्रवादको प्रतीक बनाइएको भन्दै अहिले मोदीको भ्रमणका बेला त्यो राष्ट्रवाद कता सुत्यो भनेर प्रश्न गरेका थिए ।

त्यतिमात्रै होईन, पत्रकार ऋषि धमलासँगको कुराकानीमा समेत नेता शर्माले मोदीलाई दुई दुई ठाउँमा किन नागरिक अभिनन्दन गर्नुपर्यो भनेर ओलीलाई प्रश्न गरेका थिए । उनले भनेका थिए, दुई ठाउँमा मोदीलाई किन अभिनन्दन गर्नुपर्यो ? यो एमालेको लम्पसरवाद हो, एमालेको राष्टवादी देखियो ?

धमलासँगकै कुराकानीमा सहमहामन्त्री महतले विश्वप्रकाश शर्माले बोलेको हो भने त्यसको कुनै तुक नभएको जिकिर गरे । उनले भने, विरोध गरेर के औचित्य हुन्छ, मोदीजीको यो सद्भापूर्ण र धार्मिक भ्रमण हो, मोदीको भ्रमणको विरोध गर्नुको कुनै तुक छैन् । हाम्रै पालामा भ्रमण राम्रो भएको हो।

ओलीको निम्तोमा नेपाल आउँदैमा कांग्रेसले विरोध गर्नु गलत भएको उनको तर्क थियो ।