यसकारण मोदीलाई अभिनन्दन गर्नु गलत - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

यसकारण मोदीलाई अभिनन्दन गर्नु गलत



नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह गरेका छन्।

बुधबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

नाकाबन्दी जस्तो मानवीय संकट निम्त्याउने काम गरेका मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने नागरिक समाजका अगुवाहरुको तर्क छ। नागरिक समाजका अगुवा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नाकाबन्दीको क्षयायाचना समेत नगरेका भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा नागरिक अभिनन्दन गर्न नहुने बताए। उनले मोदीलाई सरकारले हार्दिकतापूर्वक स्वागत गर्न भने उपयुक्त हुने सुझाव पनि दिनु भयो।

नागरिक समाजका अगुवाहरुले नाकाबन्दीबाट पुगेको आर्थिक क्षति भारतले व्यहोर्नुपर्ने पनि बताएका छन्। नागरिकको पीडा कायमै रहेको अवस्थामा मोदीलाई नागरिक अभिनन्दन गर्ने कुरा आफूहरुलाई मान्य नहुने उनीहरुको धारणा छ।