हावाहुरीका कारण मृत्यु भएका परिवारलाई १/१ लाख रुपैयाँ दिने सरकारको निर्णय - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

हावाहुरीका कारण मृत्यु भएका परिवारलाई १/१ लाख रुपैयाँ दिने सरकारको निर्णय



काठमाडौं,  । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन र प्रभावकारिता कायम गर्न नीतिगत मार्गदर्शन २०७५ जारी गरेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले निर्माण र विकासमा लगानी गरी अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने उद्देश्यले सो नीतिगत मार्गदर्शन स्वीकृत गरेको जनाइएको छ ।

यस्तै, मन्त्रिपरिषद बैठकले धनुषा, महोत्तरी, सिरहालगायत तराईका जिल्लाहरुमा मंगलबार राति आएको हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई एक/एक लाख रुपैयाँ र अरु पीडितहरुलाई आवासको व्यवस्थापनका लागि दुई बन्डल जस्तापाता दिने निर्णय पनि गरेको छ ।

यस्तै, बैठकले गत वर्षको असार–साउनमा आएको बाढी, पहिरो र केही दिनअघि परेको असिनाबाट प्रभावितहरुलाई पनि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

त्यसका लागि विपद् व्यवस्थापन कोषलाई प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरिएको सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।