यो सरकारले पुरानैको झझल्को दियो - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

यो सरकारले पुरानैको झझल्को दियो



काठमाडौं – विगतका झैं सरकारले पछिल्लोपटक कर्मचारी हेरफेरलाई तीव्रता दिएको छ ।

करिब तीन दर्जन सचिवको हेरफेरसँगै कर्मचारीलाई चलाउन थालेको सरकारले पछिल्लो पटक १८ जना सहसचिवको सरुवा गरेको हो ।

यसअघि गृह मन्त्रालयअन्तर्गतका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको थियो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

त्यसको एक सातापछि १८ सहसचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

नीति निर्माण तहमा महत्वपूर्ण भूमिका हुने सहसचिवको सरुवा गरेर कर्मचारी क्षेत्रमा विगतकै सरकारको झझल्को दिन खोजेको कर्मचारी वृत्तमा चर्चा छ ।