स्याङ्जामा मेयरकप सुरु, २० टिम सहभागी हुने - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

स्याङ्जामा मेयरकप सुरु, २० टिम सहभागी हुने



गोपीकृष्ण रेग्मी/स्याङ्जा 

चापाकोट नगरपालिकामा आज (मंगलबार) बाट मेयर कप सुरु भएको छ । नगरपालिका र चापाकोट खेलकुद विकास समितिको आयोजनामा सुरु भएको मेयर कपको उद्घघाटन आज एक समारोहका बीच गरिएको छ ।

उद्घाटन नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरिले गरेका हुन् ।  २८ गते सम्म चल्ने खेलमा करिब ६ लाख खर्च लाग्ने छ । कार्यक्रममा बोल्दै गिरीले ‘मेयर कपले चापाकोट नगरपालिकाका युवाहरूलाई खेलका माध्यमबाट रास्टिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण सहयोग पुग्ने बताए’ ।

खेलमा प्रथम ,दितिय र तृतीय हुनेले शिल्ड,मेडल, प्रमाण पत्रका साथमा नगद क्रमस ५० हजार ३० हजार र २० हजार पाउने चापाकोट नगरपालिका ले जनाएको छ ।

आज देखि २८ गते सम्म १० वडाका महिला तथा पुरुष गरी २० टिम सहभागी हुने जनाइएको छ । खेल सुन्तलीटारको खेलमैदानमा हुनेछ । चापाकोट खेलकुद विकास समितिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष धिरज खाणले र सञ्चालन खेलकुद समितिका सचिव प्रेम नारायण रेग्मीले गरेका थिए ।