ओलीसंग पार्टी एकताबारे कुनै सहमति भएकै छैन: प्रचण्ड - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

ओलीसंग पार्टी एकताबारे कुनै सहमति भएकै छैन: प्रचण्ड



काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा पछिल्लो पटक एमाले अध्यक्ष ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।

दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा प्रचण्डले मिडियामा आएअनुसार चार बुँदे सहमति नभएको स्पष्ट पारेका हुन् । अहिलेसम्म कुनै सहमति नभएको र सहमति भएको खण्डमा सासंदहरुलाई जानकारी गराउने प्रचण्डले बैठकमा बताएका थिए ।

केही मिडियाले तथ्य बंग्याएर ओलीसँग सहमित भएको भन्दै गलत समाचार लेखेको आरोप प्रचण्डको छ । अहिले अन्य दलसँग वृहत गठबन्धन र एकताको विषयमा छलफलमात्र चलेको र त्यसमा कुनै ठोस निर्णय भइनसकेको प्रचण्डको भनाई थियो ।