दिल्लीमा आँधीको खतरा ,अलर्ट जारी
नयाँ दिल्ली । भारतको राजधानी दिल्ली र हरियाणासहित १३ राज्यमा धुले आँधीको खतरा रहेको भन्दै अलर्ट जारी गरिएको छ ।
मंगलबार बिहान धुले आँधी दिल्ली र हरियाणा पुगेको छ । दिल्ली र हरियाणामा मंगलबार स्कुल बन्दको घोषणा गरिएको छ ।
मौसम विभागको अनुमान अनुसार मंगलबार दिउँसोसम्म मात्र आँधी तुफान पुग्ने अनुमान गरिए पनि सोमबार राति नै पुगेको थियो ।
१३ राज्यमा ३ दिनतक तीव्र गतिमा वर्षासंगै आँधी तुफान आउने अलर्ट जारी गरिएको छ ।