किन एउटै क्लबबाट मात्र खेल्छन लियोनल मेस्सी ? - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

किन एउटै क्लबबाट मात्र खेल्छन लियोनल मेस्सी ?



बार्सिलोना वा अर्जेन्टिनाका मात्रै होइन समग्र विश्व फुटबलमै मेस्सी अब्बल खेलाडीको सूचिमा शीर्ष स्थानमा आउँछन् । उनले क्लब फुटबलमा अहिलेसम्म एकै क्लबबाट मात्रै खेलेका छन्, बार्सिलोना ।

तर केही वर्षदेखि उनी बार्सिलोना छोडेर अर्कै क्लब जान चाहेको वा अरु क्लबले उनलाई भित्र्याउन चाहेको खबर आउने गरेका छन् । मेस्सी भने यसमा चुप बसिरहन्छन्, र आफ्नो खेल कौशल निखारिरहन्छन् ।

विभिन्न क्लबको चासो तथा मेस्सीले क्लब छोड्न चाहेको खबर बेला बेलामा आइरहने भएपनि बार्सिलोनाका अध्यक्षले भने अहिलेसम्म आफ्नो क्लबले मेस्सीका लागि अरु कुनै क्लबबाट प्रस्ताव प्राप्त नगरेको बताएका छन् ।

क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउका अनुसार बार्सिलोनाले अहिलेसम्म मेस्सीका लागि एउटा पनि प्रस्ताव प्राप्त गरेको छैन । तर केहीवर्षदेखि विभिन्न क्लबले मेस्सीमा चासो देखाउने गरेका छन् ।

गएको सिजनमा मात्रै म्यानचेस्टर सिटीले उनीमा चासो देखाएको थियो । तर म्यानचेसटर सिटीको चासोका बाबजुद मेस्सीले बार्सिलोनासँग सन् २०२१ सम्मको सम्झौता बार्सिलोनासँग गरे ।

बार्सिलोनाका अध्यक्षले क्लबको मेस्सीको भविष्यबारे कहिले पनि शंका नरहेको र अहिलेसम्म उनका लागि कति मूल्य तिर्नु पर्छ भनेर कसैले नसोधेको बताएका छन् ।