नेपाली भूमि धार्मिक हो, मोदीले नेपाललाई पुण्यभुमि ठानेका छन् : डा. दिक्षित - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

नेपाली भूमि धार्मिक हो, मोदीले नेपाललाई पुण्यभुमि ठानेका छन् : डा. दिक्षित



काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मोदी आँफैपनि धार्मिक व्यक्ति हुन्, उहाँ नेपाल आउनुको कारण नेपाली भुमि धार्मिक हो, मोदीले नेपाललाई पुण्यभुमि ठानेका छन् ।’

डा. दिक्षितले मोदीले नेपालको अहित हुने काम गर्नै नसक्ने पनि ठोकुवा गरे । उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीको हातमा धेरै शक्ति छ, भारत र नेपाल दुवै देशमा यतिवेला दिगो सरकार छन्, मोदी र ओलीजीले धेरै काम गर्न सक्नुहुन्छ।’ नेपालले अब नकारात्मक कुराहरु गर्न नहुने उनको सुझाव छ ।

ओली र मोदी दुवै नेताको हात बलियो रहेकोले अब देशलाई फाईदा हुने दिशातर्फ सरकार अघि बढ्नुपर्ने उनको भनाई छ । उनले भने,‘नेपाल–भारत सम्बन्ध असाध्यै राम्रो छ, भारतसँग हाम्रो अन्र्तराष्ट्रिय र घनिष्ठ दुवै सम्बन्ध छ, दुवैलाई मिलाएर जानुपर्छ।’

उनले भारतलाई सुरक्षाको चासो र नेपाललाई विकासको चासो रहेकोले आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई मजबुद बनाउँदै लैजानुपर्ने धारणा राखे । दिक्षितले अब विगतका कुराहरु कसैलेपनि कोट्याउन नहुने सुझाव दिए ।