प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउने तयारीमा भवन भट्ट - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउने तयारीमा भवन भट्ट



काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापान भ्रमण गराउने तयारीमा जुटेका छन् । जापानमा राम्रो प्रगती गरेका भट्ट जापान सरकारको नजिक मानिन्छन ।

उनि निकट श्रोतका अनुसार नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा उनी बढि चिन्तित छन् । त्यसैले अहिले उनको प्रयास प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउनेतिर केन्द्रित छ । त्यसको लागि उनी गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको हो । उक्त भ्रमणमा पनि उनी सहभागी थिए ।

ओली दोस्रो विदेश भ्रमणको रुपमा  मित्रराष्ट्र चीन जाँदैछन् । त्यसपछि तेस्रो भ्रमण चाहीँ जापान गराउने भट्टको चाहना छ । प्रधानमन्त्रीलाई जापानमा कम्तिमा पनि ५ दिन घुमाउने उनको चाहना छ । भ्रमण ताका नेपाल–जापान द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने, आगामी दिनमा उच्चस्तरीय भ्रमणहरु आदान–प्रदान गराउने, जापानबाट नेपालमा लगानी भित्र्याउन सकिन्छ भन्ने भट्टको विश्वास छ ।