धारा खोल्दा हावा होइन, पानी दिन्छु: मन्त्री बिना मगर - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

धारा खोल्दा हावा होइन, पानी दिन्छु: मन्त्री बिना मगर



काठमाडौं । तराई, हिमाल, पहाड र सहरी क्षेत्रका जनतालाई स्वच्छ र स्वस्थ्य खानेपानी दिन सक्नु मेरो प्रमुख कार्यभार हो । सुन्दर बस्ती र सहरको आधारभूत मापन स्वच्छ खानेपानी भएकाले पूरा गर्न हामी लागेका छौँ ।

तराईका सबै जिल्लामा खानेपानी आपूर्ति सहज बनाउन महाकाली नदीको पानी कन्चनपुरमा ल्याउने, कर्णालीको पानी कैलाली र बर्दियासम्म वितरण गर्ने योजना छ ।

सबै बस्तीमा प्रशोधनसहितको ढल विकासलाई प्राथमिकता दिएका छौँ । कार्यकाल सकिँदा प्रत्येक घरमा रहेको धाराको टुटी खोल्दा हावा होइन, पानी झरोस् भन्ने हिसाबले काम गर्न खोजिरहेकी छु ।

मैले मन्त्रालय सम्हाल्नुअघि मेलम्ची आयोजनामा अवरोध थियो, म आएर अवरोध खुलाएँ । अहिले फेरि अवरोध आएको मैले सुनेकी छु ।

यस्ता अवरोधलाई दीर्घकालीन रूपमै समाधान गरी काम अघि बढाउन र दसैँअघि नै काम सक्न निर्देशन दिइसकेको छु । मेलम्चीको पानी राजधानीबासीलाई दसैँको उपहारस्वरूप दिने गरी काम भइरहेको छ ।