बैतडीमा बस दुर्घटना, १४ जना घाईते - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

बैतडीमा बस दुर्घटना, १४ जना घाईते



विनोद सिंह विष्ट/ बैतडी – बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुदा चालक सहित १४ जना घाईते भएका छन् । घाईते हुनेहरुमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका ४ का ३५ वर्षीय लोकेन्द्र थापा, सोही ठाउँका २२ वर्षीय सुस्मीता ऐरी, ८ बर्षिय आदर्श धामी ,१६ वर्षीय पशुपती ऐरी, दार्चुला अपिहिमाल गाउँपालिकाका ५ का २८ वर्षीय शेर सिंह धामी ,५ वर्षीय बालक रुपेश धामी,२२ बर्षिया बाग्मती धामी,रिजन धामी, १० वर्षीय हेमन्ती धामी, ८ वर्षीय बिवेक धामी र ५ वर्षीय नितेश धामी रहेका छन् ।

यस्तै अन्य घाईतेहरुमा बैतडीको दशरथचन्द नगरपालिका २ का १९ वर्षीयबसन्त बोहरा, दार्चुला शैल्यशिखर नगरपालिका ७ का २२ वर्षीय रमेश खत्री र दार्चुला गुल्जर घर भई हाल कैलालीको रामपुर बस्दै आएका ५५ वर्षीय डंकुरे महरा रहेका छन् । घाईतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाईते सबैको सुदूरपश्चिम उपक्षेत्रिय अस्पताल, डडेल्धुरामा उपचार भईरहेको छ ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागी छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका १० अनारखोलीमा आज बिहान पौने ३ बजे दुर्घटनामा परेको हो । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासी पछाडी(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसको हो । बस बिच सडकमै खसेपछी दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका गाडी समेत चल्न नसकेको प्रहरीले जनाएको छ । बसमा ३४ जना सवार रहेका भएपनि अरुको अवस्था सामान्य रहेको बताईएको छ ।

फाइल तस्विर