भारतीय कम्पनीले माग्यो तीन अर्ब १७ करोड क्षतिपुर्ति - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

भारतीय कम्पनीले माग्यो तीन अर्ब १७ करोड क्षतिपुर्ति



नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं  तराई मधेस फास्ट ट्रयाक को विस्तृत आयोजना प्रतिवेदन डिपिआर का लागि १७ कम्पनीले आवेदन दिएका छन् ।
एउटा नेपाली तथा १६ वटा विदेशी कम्पनीले आवेदन दिएको नेपाली सेनाको प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए ।,

नेपाली सेनाले फास्ट ट्रयाकको डीपीआर आफैं बनाउने तयारी गरेपछि भारतीय कम्पनी आइएल एन् एफएसले क्षतिपूर्ति माग गर्दै भौतिक योजना मन्त्रालयमा निवेदन दर्ता गराएको छ।

कम्पनीले तीन अर्ब १७ करोड क्षतिपूर्ति मागी आइतबार निवेदन दर्ता गराएको स्रोतले जानकारी दियो। सेनालाई फास्ट्र ट्रयाकको जिम्मा दिनु भन्दा पहिले सरकारले उक्त कम्पनीलई जिम्मा दिएको थियो र पछि सरकारले सम्झौता रद्द गरेको थियो।

सेनाले भारतीय कम्पनीले बनाएको डीपीआर खरिद गर्दा महँगो पर्ने भएपछि आफैँले डीपीआर निर्माण अघि बढाउने निर्णय गरेको थियो। त्यस्तै नेपाली सेनाको निर्माणको जिम्मा लिएको –तराई मधेस द्रुतमार्गको डीपीआरका लागि १७ कम्पनीले आवेदन दिएका छन्।, यो खबर आजकोनागरिक दैनिकमा छ ।