मेस्सीले गोलले बार्सिलोनालार्इ अग्रता - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

मेस्सीले गोलले बार्सिलोनालार्इ अग्रता



स्पेनिस ला लिगा अन्तर्गत भर्खरै सम्पन्न एलक्लासिकोमा बार्सिलोना र रियल मड्रिडले २-२ को बराबरी खेलेका छन। बार्सिलोना दोस्रोमा पुरै समय १० खेलाडीमा सिमित रहेपनि त्यसको फाइदा रियल उठाउन सकेन्।

खेलको १०अौं मिनेटमा लुइस स्वारेजले बार्सिलोनालार्इ सुरुवाती अग्रता दिलाएका थिए। १५अौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले रियलका लागि बराबरी गोल फर्काए।

पहिलो हाफको थपिएको समयमा सर्जियो रोबर्टोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा पुरै १० खेलाडीमा बार्सिलोना सिमित रहेपनि त्यसको फाइदा रियलले उठाउन सकेन्। दोस्रो हाफमा रियलले रोनाल्डोलार्इ बेञ्चमै राखेको थियो।

५२अौं मिनेटमा १० खेलाडीमा सिमित भएपनि लिअोनल मेस्सीले गोल गर्दै बार्सिलोनालार्इ २-१ को अग्रता दिलाए। ७२अौं मिनेटमा गेरार्थ बेलले बराबरी गोल फर्काए।

योसँगै बार्सिलोना लालिगामा अपराजित छ। उसले यसअघि नै उपाधि जितिसकेको छ।