ट्रम्पविरुद्ध तूफान उठ्छ: स्टोर्मी डेनियल्स - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

ट्रम्पविरुद्ध तूफान उठ्छ: स्टोर्मी डेनियल्स



काठमाडौं– अमेरिकी पोर्नस्टार स्टोर्मी डेनियल्स अमेरिकी टीभी शो स्याटरडे नाइट लाइभमा देखिएकी छन् । राष्ट्रपति डोनल्ड ट्रम्पसँगको सम्बन्धका विषयमा डेनियल्स कानूनी लडाईं लडिरहेकी छन् ।

उक्त शोमा ट्रम्पलाई उडाउने सिलसिला जारी रहेकोमा डेनियल्सले आफ्नै भूमिका निर्वाह गरेकी छन् । उनले ट्रम्पलाई उडाउँदै भनिन्, ‘तिमीलाई जलवायु परिवर्तनमा विश्वास छैन तर एउटा तूफान आउँदैछ है ।’

डेनियल्सलाई ट्रम्पका वकिलले सन् २०१६ मौन रहनका लागि एक लाख ३० हजार डलर दिएका थिए ।

ट्रम्पले भने सम्बन्ध रहेको कुरा अस्वीकार गरेका छन् ।

तर उनले आफ्ना वकिल माइकल कोहेनलाई एक लाख तीस हजार डलर रकम भरपाई गरेको बताएका छन् । डेनियल्सले ‘गलत र धुत्ने हिसाबमा’ वक्तव्य ननिकालून् भनी रकम दिइएको उनले बताए ।

स्याटरडे नाइट लाइभ स्केचमा एलेक बाल्डविन ट्रम्प बनेका छन् भने बेन स्टिलर ट्रम्पका वकिल कोहेन बनेका छन् ।

स्याटरडे नाइट लाइभ स्केचमा स्कारलेट जोहान्सन इभान्का ट्रम्प बनेकी छन् भने जिम्मी फ्यालोन ज्यारेड कुशनर बनेका छन् ।बिबिसी