नयाँ शक्तिले भन्यो: माओवादी र फोरमसँग एकता हुनसक्छ ! - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

नयाँ शक्तिले भन्यो: माओवादी र फोरमसँग एकता हुनसक्छ !



काठमाडाैं । नयाँ शक्ति पार्टी नेपालले मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने आफ्नो पार्टीको घोषित नीति रहेको बताएको छ ।

पछिल्लो पटक नयाँ शक्ति, संघीय समाजवादी फोरम र माओवादी केन्द्रवीच वार्ता भएका समाचार आईरहेका बेला नयाँ शक्तिले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

‘मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं ।’ प्रवत्ताद्धय डम्बर खतिवडा र प्रशान्त सिंहले जारी गरेको विज्ञप्तीमा छ ।

केही दिनयता राजनीतिक वृत्त र विभिन्न सञ्चार माध्यममा आएका पार्टीहरुको एकता, ध्रुविकरण र कार्यगत एकता सम्बन्धी समाचार आएका छन् । यही विषयमा वैशाख २१/२२ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकका निणय भन्दै विज्ञप्ती जारी गरिएको छ ।