विद्यासुन्दरले दिने भए महानगरकाे साँचाे माेदीलार्इ - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

विद्यासुन्दरले दिने भए महानगरकाे साँचाे माेदीलार्इ



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।

वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।रासस