जुम्लामा गायक बद्री पंगेनीलाई युवतीले किक हाने !
जुम्लामा गयक बद्री पंगेनीले किक खाएका छन् । उनि बसेको होटेलमा स्वागत गर्न आएका खेलाडीहरूले पंगेनीलाई किक हानेका हुन् ।
जुम्ला महोत्वसमा आफ्नो प्रस्तुति दिन पुगेका पंगेनी र खेलाडीहरूको बिचमा किकले स्वागत गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उनीहरूले पंगेनीलाई किक हानेर स्वागत गरेका हुन् ।
युवा खेलाडीहरूको मनोबल बढाउन त्यसो गरिएको पंगेनीले बताए ।
टेक्निक त तागतको खेल कराँतेमा जुम्लावासी युवतीहरूको उत्साह पूर्ण सहभागिता देख्दा खुसी लागेको समेत पंगेनीले बताए ।जुम्ला महोत्सवमा आफ्नो प्रस्तुति दिन पंगेनी हिजै त्यहाँ पुगेका हुन् ।