दिल्लीद्वारा हैदराबादलाई १६४ को लक्ष्य प्रस्तुत ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

दिल्लीद्वारा हैदराबादलाई १६४ को लक्ष्य प्रस्तुत !



 

राजिव गान्धी क्रिकेट मैदानमा चलिरहेको दिल्ली डेयरदेभिल्स र सनराइजर्स हैदराबाद बिचको खेलमा पहिले ब्याटिंग गरेको दिल्लीले हैदराबादलाई १६४ रनको लक्ष्य दिएको छ ।

२० ओभरको खेलमा ४ विकेट को क्षेती गर्दै दिल्लीले १६३ रन बनाउन सफल भएको हो ।

प्लेअफमा राम्रो अङ्कको लागी आजको खेलमा जित्नै पर्ने बाध्यता दिल्लीलाई छ । पृथ्वी शाले अर्धशतक बनाएका थिए भने क्याप्टेन ईयरले भने ४४ रन बनाएका थिए ।

सुरुवातमा राम्रो खेल प्रस्तुत गरेको दिल्लीले खेलको अन्त्यसम्म राम्रो प्रस्तुतिलाई कायम राख्न सकेको थिएन ।

अंक तालिकामा दोश्रो नम्बरमा रहेको हैदरावादसँग जित्न सके सातौँ नम्बरमा रहेको दिल्लीलाई प्लेअफमा उक्लिन सजिलो हुने छ ।