गाडीमा आगजनी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गाडीमा आगजनी



इलाम । मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ ।

बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ ।

बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।