देशभर सिण्डिकेटवाला ८२ व्यवसायी पक्राउ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

देशभर सिण्डिकेटवाला ८२ व्यवसायी पक्राउ



यातायात क्षेत्रमा सिण्डिकेटको बचाउ गर्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने व्यवसायीहरुलाई स्थानीय प्रशासनले शुक्रबार बेलुकीसम्म पनि पक्राउ जारी राखेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार साँझसम्म देशभरबाट ८२ जना सिण्डिकेट पक्षधर व्यवसायी पक्राउ परेका छन्।

त्यसमध्ये सुनसरीमा ९, खोटाङमा ५, झापामा ८, बारामा ७, कैलालीमा ६ र काठमाडौं १ सहित ८२ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई बस चलाउने र सिण्डिकेट नमान्ने कागज गराएर मात्र छाडिने गृह मन्त्रालयले जनाएकाे छ।