यी हुन् देशका विभिन्न स्थानबाट पक्राउ परेका यातायात व्यवसायी(नामावली सहित) - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

यी हुन् देशका विभिन्न स्थानबाट पक्राउ परेका यातायात व्यवसायी(नामावली सहित)



काठमाडौं । सिन्डिकेटको विरोध गर्दै यातायात ठप्प पारेका व्यवसायीलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

-यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला पक्राउ ।

-तुलसीपुर ट्याक्सी समितिका उपाध्यक्ष डिल्ली भण्डारी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा ।

-काभ्रे मिनि बस सेवा समितिका उपाध्यक्ष सान्तराम ताम्राकार र सदस्य नरेन्द्र हलुवाइलाइ पनौतिबाट प्रहरीले नियन्त्रणमा लियो ।

-काभ्रेमा हाल सम्म ३ जना यातायात व्यवसायी पक्राउ परेका छन । पछिल्लो पटक हेलम्बु यातायातका उपाध्यक्ष पुरुषोतम् मानन्धर बनेपाबाट पक्राउ ।

-महासंघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ ।

-बुटवल यातायात व्यवसायी समितिका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि पक्राउ ।-

-हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ ।

-नारायणी यातायातका अध्यक्षसहितकाे खाेजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाकाे कमान्डमा प्रहरी टाेली परिचालन ।

-सुनसरीको धरानबाट यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी सहित १० जनालाई पक्राउ ।

-ईलाका प्रहरी कार्यालय धरानले सप्तकोशी बस व्यवसायी संघका सचिव हरि थापा, सहसचिव गणेश विष्ट, कोषाध्यक्ष सुमन थापा, पुर्वाञ्चल मोटर व्यवसायी संघका महासचिव नेत्र बहादुर थापा, संयुक्त बस व्यवसायी संघका नरेन्द्र पोमो पक्राउ परेका हुन् ।

-इटहरी बाट यातायात व्यवसायी संघका अध्यक्ष धुव्र घिमिरे पक्राउ ।
नेत

हरु पक्राउ परेपछि नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय धरान पुगेका ३ जना कार्यकर्ताहरुलाई पनि पक्राउ ।