गृहमन्त्रीको निर्देशन पछी यातायात व्यवसायीहरुको भागाभाग - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

गृहमन्त्रीको निर्देशन पछी यातायात व्यवसायीहरुको भागाभाग



काठमाडौं। यातायात सिन्डिकेट हटाउने सरकारको निर्णय बिरुद्ध सार्वजनिक यातायात ठप्प पार्ने यातायात ब्यवसायीलाई पक्राउ गर्न गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन दिए लगत्तै महासँघका पदाधिकारीहरु पक्राउ पर्न थालेका छन्।

धरानबाट नेपाल राष्ट्रीय यातायात ब्यवसायी महासँघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापा, व्यवसायी राजन कट्टेल, राम परियार लगायत पक्राउ परेका छन्।

गृहमन्त्रालयले ब्यवसायी र समितीको सम्पति समेत छानबिन गरि अनुसन्धान अगाडी बढाउन निर्देशन दिएको छ।

आम नागरिकको दैनिकीमा असर पर्ने अत्यावश्यक सेवाको हड्तालका बिरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको हो।

त्यसैगरि पश?चिम नेपालबस ब्यवसायी समितीका उपाध्यक्ष जीवनकुमार बन्जाडे पक्राउ परेका छन्। अरु पदाधिकारीहरुको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ।

यातायात व्यवसायी समिती देशभर सार्वजनिक यातायात ठप्प पारेर जनतालाई दुःख दिएपछि गृहमन्त्रीले थापाले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै अत्यावश्यक सेवा संचालन ऐन २०१४ अनुसार गाडी संचालन नगर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका हुन्। ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ।