८ ओटा निजी विद्यालयहरूमा तालाबन्दी - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

८ ओटा निजी विद्यालयहरूमा तालाबन्दी



ललित जाग्री/ कैलाली

अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन क्षेत्र न ३ ले कैलालीको घोडाघोडी नगरपालिका वडा न.१ सुखड र वडा नं ४ सुन्दरपुर गरी ८ ओटा निजी विद्यालयहरूमा तालाबन्दी गरेको छ । सङ्गठनका जिल्ला सचिव शिवराज संज्यालको नेतृत्वको टोलीले विद्यालयहरूको स्थलगत अनुगमन गरिएको छ।

अनुगमनका क्रममा सङ्गठनले घोडाघोडी नगरपालिका वडा नं १ मा रहेको सरस्वती शिक्षा सदन, पिस लाइट ईङगलिस बोर्डिङ स्कुल, न्यु स्टार ईङगलिस बोर्डिङ स्कुल, लिटिल एञ्जल ईङगलिस बोर्डिङ स्कुल, टी.आर मेमोरियल ईङगलिस बोर्डिङ स्कुल, पिस मुन लाइट ईङगलिस बोर्डिङ स्कुल, सप्तश्री माध्यमिक विद्यालय र वडा नं ४ सुन्दरपुरमा रहेको चाईल्ड गार्डेन ईङगलिस बोर्डिङ स्कुल गरी ८ ओटा निजी विद्यालयहरूमा तालाबन्दी गरिएको हो ।

अनुगमनको क्रममा विद्यालयमा स्थलगत अनुगमन गर्दा सरस्वती शिक्षा सदन र पिस मुन लाइट ईङगलिस बोर्डिङ स्कुलले कक्षा थप गरेको, पिस लाइट ईङगलिस बोर्डिङ स्कुल, न्यु स्टार ईङगलिस बोर्डिङ स्कुल र सप्तश्री माध्यामिक विद्यालयले विद्यार्थीहरू बाट अनावश्यक शुल्क लिएको, टी.आर ईङगलिस बोर्डिङ स्कुलले सर्टिफिकेट नलिएर विद्यार्थीहरू भर्ना लिएको र सेतो रङ्गको गाडी प्रयोग गरेको, लिटिल एञ्जल ईङगलिस बोर्डिङ स्कुलले सेतो रङ्गको गाडी प्रयोग गरेको र भर्ना शुल्क सुची सङ्गठन लाई नदेखाएको हो भने चाईल्ड गार्डेन ईङगलिस बोर्डिङ स्कुलले शिक्षकहरू लाई न्यून तलबमा राखेको भन्दै तालाबन्दी गरेको अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका जिल्ला सचिव संज्यालले जानकारी दिनुभएको छ ।

अनुमानकै क्रममा सङ्गठनले आइतबार ३ ओटा र मङ्गलवार १ ओटा निजी विद्यालयमा तालाबन्दी गरेको थियो ।